हिमाल आरोहणका लागि नौ सय बढी आरोहीले लिए अनुमति

काठमाडाैं | असोज २८, २०७९

हिमाल आरोहणका लागि नौ सय बढी आरोहीले लिए अनुमति

 

काठमाडौं । यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक चार सय ५० भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन् ।

  
    पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् ।

 
    विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच आरोहीले अनुमति पाएका छन् । अमादब्लङ (६,८१४ मिटर) हिमाल आरोहणमा ११ आरोही समूहका एकसय ३१ ले अनुमति पाएका छन् । हिम्लुङ हिमालका (७,१२६ मिटर) मा १४ आरोही समूहका एक सय ४४ ले आरोहण अनुमति लिएका छन् । 


    यस्तै, धौलागिरि (८, १६७ मिटर) आरोहणका लागि चार आरोही समूहका ३४, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका आरोहीले अनुमति लिएका छन् । अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ ।


यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार छ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । हिमाल आरोहणका लागि हालसम्म नेपालसहित ६८ मुलुकका नौ सय एक आरोही यहाँ आएका हुन् ।

  
    विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आरोहण धमाधम चलिरहेको जानकारी दिनुभयो । उहाँले अहिले पनि केही हिमालमा आरोहण अनुमति पनि जारी भइरहेको बताउनुभयो । उहाँका अनुसार मनास्लु आरोहण लगभग सकिएको छ तर, के–कति सङ्ख्यामा आरोही मनास्लुको चुुचुरोमा पुगे भन्ने विस्तृत विवरण आइसकेको छैन । अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही गएका हुन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्ने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

 

सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा पनि धेरै सङ्ख्यामा आरोही मनास्लु आरोहणमा गएको बताउनुभयो । गोरखाको आरुखेतमा रहनुभएका उहाँले दिएको जानकारी अनुसार यस सिजनको मनास्लु आरोहण करिब अन्तिम चरणमा छ । अधिकांश आरोही आरोहण सकेर फर्किनेक्रममा रहेका छन् । उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेका प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ ।

 

     सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो ।

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्